Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मेटाले बन्द गर्यो ६८ लाख ह्वाट्सएप अकाउन्ट

मेटाले बन्द गर्यो ६८ लाख ह्वाट्सएप अकाउन्ट


  • 715
    Shares

    • images
    मेटाले बन्द गर्यो ६८ लाख ह्वाट्सएप अकाउन्ट
    images

    काठमाडौं । मेटाले ६८ लाख ह्वाट्सएप अकाउन्ट बन्द गरेको छ। ठगी गर्ने उद्देश्यले सञ्चालनमा रहेका फेक तथा आपराधिक गतिविधिबाट जोडिएका ६८ लाख भन्दा धेरै ह्वाट्सएप खाताहरू यस वर्षको पहिलो छ महिनामा हटाइएको मेटाले जनाएको छ ।

    मेटाले वर्ष २०२५ पहिलो ६ महिनामा उक्त संख्यामा ह्वाट्सएप अकाउन्ट बन्द गरेको हो। 

    धेरैजसो संगठित आपराधिक गिरोहले चलाइरहेको ठगी सञ्जालमा आबद्ध रहेको पाइएको मेटाले जानकारी दिएको छ। उनीहरुले आफ्ना ठगीधन्दा सोझासोझालाई जबरजस्ती प्रयोग गरेको पनि कम्पनीले खुलासा गरेको छ।

    योसँगै मेटाले ह्वाट्सएपमा धोखाधडी रोक्न आवश्यक कदम चालिने पनि घोषणा गरेको छ। अब अपरिचित व्यक्तिले तपाईंलाई समूह च्याटमा थप गरेमा वा आशंकास्पद गतिविधि देखिएमा एपले तत्कालै चेतावनी दिनेछ ।

    क्षेत्रीय अधिकारीहरू र मेटाले प्रयोगकर्ताहरूलाई सकेसम्म ‘दुई चरणको प्रमाणीकरण जस्ता सुरक्षा सुविधा प्रयोग गर्न, अपरिचित समूहमा नजाने तथा कुनै पनि शंका लाग्दो सन्देश वा प्रस्ताव देख्दा तुरुन्त सावधानी अपनाउन आह्वान गरेका छन् ।

     

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - १५:०३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij