Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मदिरा तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

मदिरा तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु


  • 988
    Shares

    • images
    मदिरा तस्कर र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु
    images

    काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा मदिरा भारत तस्करी गर्ने समूह र प्रहरीबीच भएको झडप छ । सो क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हो।

    मदिरा तस्करी भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीको टोली कमलपुर पुगेपछि तस्कर समूहले आक्रमण गरेको थियो । प्रहरीले आत्मरक्षाका लागि चलाएको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएको बुझिएको छ।

    प्रहरीले चलाएको गोली लागेर घाइते यादवको मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले पुष्टि गरे । उनका अनुसार यादवको तिघ्रामा गोली लागेको थियो । उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भयो ।

    प्रहरी प्रवक्ता बस्नेतले तस्कर समूहको ढुंगामुढाले एक प्रहरी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाएपछि तस्करहरूले केही कार्टुन मदिरा छाडेर भागेका थिए । सो मदिरा बरामद भएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ०९:५६:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij