Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

डिशहोमद्वारा भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक

डिशहोमद्वारा भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक


  • 708
    Shares

    डिशहोमद्वारा भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक
    images

    काठमाडौं । डिशहोमले नेपालको पहिलो भर्चुअल प्रिभिलेज कार्ड आधिकारिक रूपमा मंगलबार सार्वजनिक गरेको छ । कार्डले एक्टिभ डिशहोम ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्ने बताइएको छ।

    अब “माइ डिशहोम एप” मा उपलब्ध यो भर्चुअल प्रिभिलेज कार्डमार्फत ग्राहकहरूले नेपालभरका प्रमुख होटल, रेस्टुरेन्ट, यात्रा तथा लाइफस्टाइल ब्रान्डहरूमा २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

    सुरुवाती चरणमा, १० उत्कृष्ट ब्रान्डका ३५ आउटलेटहरू प्रिभिलेज कार्ड नेटवर्कमा समावेश भएका छन् । 

    डिशहोमका सीईओ तारा मानन्धरका अनुसार भर्चुअल प्रिभिलेज कार्डमार्फत, डिशहोमले इन्टरनेट र टेलिभिजन सेवाको अतिरिक्त ग्राहकहरूको जीवनशैलीमा अर्थपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ । 

    डिशहोमले आगामी महिनाहरूमा १०० भन्दा बढी ब्रान्डहरूमा विस्तार गर्ने योजना बनाएको उनले बताएका छन् । जसअन्तर्गत अझ धेरै अफर र श्रेणीहरू समावेश गरिनेछ।

    सक्रिय ग्राहकहरूले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड माइ डिशहोम एप  (प्ले स्टोर वा एप स्टोर बाट डाउनलोड गरी) बाट प्रयोग गरी साझेदार आउटलेटहरूमा देखाएर छुट प्राप्त गर्न सक्नेछन् ।

     

     

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ०९:४६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij