Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन

बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन


  • 666
    Shares

    बजेट तथा कार्यक्रम अघि बढाउन मन्त्री दाहालको निर्देशन
    images

    काठमाडौं । चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले कर्मचारीलाई निर्देशन दिएका छन् । 

    सडक विभागको गत आर्थिक वर्षको प्रगति समीक्षा कार्यक्रमलाई संशोधन गर्दै बुधबार मन्त्री दाहालले ‘अहिले के को हतार, बिस्तारै गरौँला नि’ भन्ने नसोची  बजेट तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया अघि बढाउन निर्देशन दिए । आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अघि नै बजेट सार्वजनिक गर्नुको मर्म पनि आर्थिक वर्षको सुरुवातसँगै कार्यान्वयन प्रक्रिया अघि बढाउन सहज होस् भन्ने रहेको उल्लेख गर्दै मन्त्री दाहालले बेलैदेखि काम सुरु गरी उच्च नतिजा निकाल्न निर्देश गरे । 

    ‘आर्थिक वर्षको अन्त्य तिर हतार हतार काम गरेर बजेट कार्यान्वयनको परिमाण बढाउने चलन पनि छ’ मन्त्री दाहालले भने, ‘बेलामा काम नथाल्ने अनि बित्न लागे पछि हतार गरेर राम्रो परिणाम निस्कँदैन त्यसैले अहिले देखिनै काम अघि बढाउनु होला, गत आर्थिक वर्षको भन्दा राम्रो नतिजा देखिने गरी काम गर्नुपर्छ ।’

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नागरिकलाई विकासको महसुस गराउने प्रमुख मन्त्रालय रहेको र यस मध्ये पनि सडक विभाग प्रमुख अङ्ग रहेकाले सडक विभागको काम र परिणामले सिङ्गो मन्त्रालयको कार्यसम्पादन र नतिजामा ठुलो अर्थ राख्ने मन्त्री दाहालको भनाई थियो । 

    थालिएका योजना तथा आयोजनामा हुने ढिलासुस्ती अन्त्य गर्न र अब सुरु गर्ने योजनामा कुनै अवरोध आउन नदिन निर्देशन दिए। 

    निर्माण कार्यलाई छिटो, छरितो र गुणस्तरीय बनाउन सम्झौता गर्न नसकिने बताए  । मन्त्री दाहालले भने, ‘छिटोको नाममा गुणस्तरहीन काम हुनु भएन र गुणस्तर कायम गर्ने नाममा ढिलासुस्ती पनि हुनु भएन, समय र गुणस्तरलाई सन्तुलनमा राखेर काम गर्न आवश्यक छ ।’ 

    वर्षायाम सुरु भई सकेकाले सडक तथा यातायात अवरुद्ध हुन नदिने गरी श्रोत साधन, जनशक्ति र उपकरण परिचालन गर्न समेत उनको निर्देशन छ । 

    कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले कुनै पनि योजना रुग्ण हुने अवस्था आउन नदिने निर्देशन दिए । रुग्ण आयोजनाको व्यवस्थापन मन्त्रालयको प्राथमिकतामा रहेको स्मरण गराउँदै उनले बाँकि रुग्ण आयोजनाको व्यवस्थापन तर्फ ध्यान दिन समेत आग्रह गरे। 

    मन्त्रालयले गत आर्थिक वर्षमा विगत ६ वर्षयताकै उच्च पुँजीगत खर्च गरेको थियो । आर्थिक वर्ष २०८१–८२ मा ६ वर्षयताकै सबैभन्दा बढी ७६।४१ प्रतिशत प्रगति भएको  छ ।  

    यस्तै सडक विभागका महानिर्देशक डा। विजय जैसीले नीति कार्यक्रम तथा बजेटमा समावेश कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा ढिलाइ नगर्ने बताए । वर्षको अन्त्यमा चाप पर्न नदिने गरी बेलै देखि काम सुरु गराई छिटो नतिजा निकाल्ने गरी काम गर्न विभाग क्रियाशील रहेको उनको भनाई छ ।

    यस्तै वर्षाको समयमा सके सम्म सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भएमा पनि सके सम्म छिटो खुलाउने गरी संयन्त्र परिचालन भएको सडक विभागले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण २१ २०८२ बुधवार - ०९:४१:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij