Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

साउदीले गर्‍यो ६२ जना नेपाली कैदी रिहा, परराष्ट्र मन्त्रालयद्वारा प्रशंसा

साउदीले गर्‍यो ६२ जना नेपाली कैदी रिहा, परराष्ट्र मन्त्रालयद्वारा प्रशंसा


  • 1.5K
    Shares

    • images
    साउदीले गर्‍यो ६२ जना नेपाली कैदी रिहा, परराष्ट्र मन्त्रालयद्वारा प्रशंसा

    काठमाडौं । साउदी अरेबियाले ईद र इस्लामिक वर्ष १४४६ हिजरीको अवसरमा ६२ जना नेपाली कैदीहरूलाई रिहा गरेको छ । 

    मंगलबार परराष्ट्र मन्त्रालयले यसबारेमा जानकारी दिएको हो । मन्त्रालयले साउदी सरकारप्रति धन्यवाद प्रकट समेत व्यक्त गरेको छ । 

    मन्त्रालयले साउदी सरकारद्वारा नेपाली नागरिकहरूप्रति देखाइएको सद्भावपूर्ण व्यवहारले दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेको छ ।

    रिहा गरिएका नेपाली नागरिकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी साउदी सरकारका सम्बन्धित निकायबाट अनुमति पाएपछि नेपाल फर्कने मन्त्रालयले जानकारी दिएको छ ।

    प्रकाशित मिति :श्रावण २० २०८२ मंगलवार - १७:०२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij