२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । रियल इस्टेट ब्रोकर एजेन्सी लालपुर्जा नेपाल प्रालिले यही साउन २३ गते शुक्रबार लबिम मलमा ‘लालपुर्जा नेपाल प्रोपर्टी एक्सपो’ आयोजना गर्ने भएको छ।
घरजग्गा खरिद-बिक्रीमा सजिलो, छरितो र विश्वासिलो सेवा दिनका लागि एक्सपो आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ। बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने एक्सपोमा सहभागीले विशेष सल्लाह, सेवा सुविधा र छुटहरू प्राप्त गर्ने छन्।
कार्यक्रममा घरजग्गा सम्बन्धी प्रत्यक्ष परामर्श, योग्य एजेन्टबाट सल्लाह, कानुनी प्रक्रिया र मूल्य निर्धारणको जानकारी दिइनेछ। साथै सेवा शुल्कमा छुट, घरजग्गा किनबेचमा लाभदायक अफर, रियल इस्टेट करियर काउन्सिलिङ जस्ता सुविधा रहने छन्।
बैंकिङ र ऋण सम्बन्धी जानकारी पनि एक्सपोमा उपलब्ध हुने भएको छ, जसमा गृह ऋण, मोर्टगेज, ब्याजदर तुलना जस्ता विषय समेटिनेछन्।
लालपुर्जा नेपालले भविष्यमा शाखा कार्यालय सीमित नराखी फिल्डमै सेवा पुर्याउने योजना पनि सार्वजनिक गरेको छ।
लालपुर्जा नेपाल प्रा। लि। नेपालकै एक प्रतिष्ठित र अग्रणी रियल स्टेट ९जग्गारजमिन० ब्रोकर एजेन्सी हो । देशभर पाँच शाखा र ५० भन्दा बडी समर्पित सदस्य रहेको टिमका साथ, लालपुर्जा नेपालले पारदर्शिता र इमानदारीसाथ सेवाग्राहीहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
कम्पनीले अनुभवी कानुन व्यवसायीहरूमार्फत कानुनी परामर्श सेवा पनि प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij