२०८२ भाद्र १० गते मंगलवार
काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलेको आरोपमा ४ जना प्रकाउ परेका छन् ।
खरिपाटीस्थित बाँसबारी रिसोर्टमा जुवातास खेलेको आरोपमा मध्यपुर थिमी नगरपालिका–५ का ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना पक्राउ परेका हुन् । उनीहरुलाई सोमबार दिउँसो जिल्ला प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।
उनीहरुबाट नगद १ लाख ५ हजार ९ सय ४० रूपैयाँ, डिजिटल तास खेलाउन प्रयोग हुने जस्तो देखिने मोबाइल आकारमा रहेको डिभाइस थान १, डिजिटल तास खेलाउने डिभाइसमा प्रयोग हुने डिजिटल तास १२ बुक र मोबाइल ६ थान बरामद भएको छ ।
साथै प्रहरीले उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान स्कुटर समेत बरामद गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij