Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा १२ को नतिजा सार्वजनिक गर्न बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा


  • 2.7K
    Shares

    • images
    कक्षा १२ को नतिजा सार्वजनिक गर्न बैठक सुरु, यसरी हेर्न सकिन्छ नतिजा

    काठमाडौं ।  कक्षा १२ को नतिजा आज प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले नतिजा आजै सार्वजनिक गर्न लागिएको बताएका छन् । 

    नतिजा सार्वजनिक गर्ने विषयमा अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ । २१ वैशाखदेखि सुरु भएको परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।

    नतिजा सार्वजनिक गर्ने तयारी भइरहँदा नतिजा कसरी हेर्न सकिन्छ भन्ने कौतुहल्ता परीक्षार्थी, अभिभावक लगायत आमचासो बनेको छ । बोर्ड स्रोतका अनुसार यो वर्षको १२ कक्षाको नतिजा वेबसाइट, एसएमएस सर्भिस र आईभीआर सर्भिसमार्फत थाहा पाउन सकिने छ ।

    यसैगरी एसएमएस सेवा अन्तर्गत NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा प्राप्त गर्न सकिने छ ।

    राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np  बाट नतिजा हेर्न सकिन्छ ।

    यसैगरी आईभीआर सेवा अन्तर्गत नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ । यूएसएसडी सेवा अन्तर्गत *१६०१# नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १६:४९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij