२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक दसैँलगत्तै बस्ने निर्णय भएको छ । सोमबार सम्पन्न स्थायी समिति बैठकले भदौ १५ गतेदेखि स्थगित अभियान सञ्चालन गर्ने र दसैँ लगत्तै केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको सचिव दीनानाथ शर्माले जानकारी दिए ।
‘भदौ १५ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सुचारु गरी दसैँअघि सम्पन्न गर्ने तय भएको छ । दसैँ सकिएलगत्तै केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारी गर्ने निर्णय भएको छ’, उनले भने ।
यस्तै अन्तर्विरोधका विषय बाहिर लगिएकोमा आत्मालोचना गर्दै एकताबद्ध भएर अगाडि बढ्ने सामूहिक प्रतिबद्धता जनाएको उनले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij