Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

बेपत्ता भएका हायू परिवार गाडी चढेर फर्किए सिन्धुली

बेपत्ता भएका हायू परिवार गाडी चढेर फर्किए सिन्धुली


  • 1.2K
    Shares

    • images
    बेपत्ता भएका हायू परिवार गाडी चढेर फर्किए सिन्धुली
    images

    काठमाडौं । साउन ११ गते पोखरा आएका हायू परिवार आज सोमबार सिन्धुली फर्किएका छन् । सिन्धुलीको गोलान्जोर गाउँपालिका ६ का वडाध्यक्ष रविन श्रेष्ठको साथमा फर्किएका हुन्। 

    पोखराबाट फर्किए पनि उनीहरू आफ्नै पूराना घरमा भने नबस्ने भएका छन्। त्यो घरमा बिरामी भइरहेको भन्दै उनीहरू त्यहाँ बस्न मानेका छैनन्। उनीहरूलाई आफ्नै घरमा राख्ने शर्तमा वडाध्यक्ष श्रेष्ठले फर्काएका हुन्। 

    सोही वडाको सुँगुरेमा रहेको आफ्नो पूरानो घरमा तत्काललाई बस्ने व्यवस्था गर्ने अर्को ठाउँमा जग्गा किनेर नयाँ घर बनाइदिने शर्तमा वडाध्यक्ष श्रेष्ठले फर्काएका छन्। 

    सिन्धुलीको गोलन्जोर गाउँपालिका-६ छेत्पाबाट साउन ८ गतेदेखि बेपत्ता भएको हायू परिवार पोखरामा भेटिएको थियो । आज गोलन्जोर गाउँपालिका-६ वडाध्यक्ष रविन श्रेष्ठको साथमा उनीहरू गाउँ फर्किएका छन् । 

    हायु परिवारलाई पोखराका मेयर धनराज आचार्य र पोखरा महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दुर्गा सुवेदीले बिदाइ गरेका छन् । उनीहरूलाई गगनगौंडाबाट गाडी चढाएर पठाइएको अध्यक्ष सुवेदीले जानकारी दिएका छन् ।  

    परिवारले लिएको ऋण तिर्नका लागि पनि वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता जनाएपछि उनीहरू आज गाउँ फर्कन तयार भएका हुन् ।  

     

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १४:४२:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij