Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवाका लागि २१ सय जनशक्ति थप्न प्रस्ताव

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवाका लागि २१ सय जनशक्ति थप्न प्रस्ताव


  • 876
    Shares

    स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवाका लागि २१ सय जनशक्ति थप्न प्रस्ताव
    images

    काठमाडौं ।  आर्थिक  वर्ष २०८२\८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल गरेको छ । 

    उक्त अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टीकृत सेवा र सेवा विस्तारका लागि सङ्घीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको छ ।  

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सातवटा प्रदेशमा सेवा विस्तार र स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन थप जनशक्ति आवश्यक रहेको बताएका छन् ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य सेवा प्रवाहलाई छिटो, प्रभावकारी र गुणस्तरीय बनाउन दक्ष डक्टर, नर्स लगायतका जनशक्ति जरुरी भएको र जनशक्तिबारे थप परामर्श गरी अघि बढ्ने बताएका छन् । 

    यस अवसरमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, बालबालिकालाई उपलब्ध गराइने निः शुल्क औषधी, भक्तपुरको दुवाकोटमा बनाइने वीर अस्पतालको डीपीआर, जलन लगायतका विषयमा छलफल भएको थियो ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - १२:४३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij