Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

पब्जी मोबाइल विश्वकपमा नेपालले नवौं स्थान हासिल , जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

पब्जी मोबाइल विश्वकपमा नेपालले नवौं स्थान हासिल , जित्यो डेढ करोडभन्दा बढी पुरस्कार


  • 596
    Shares

    पब्जी मोबाइल विश्वकपमा नेपालले नवौं स्थान हासिल , जित्यो डेढ करोडभन्दा बढी पुरस्कार

    काठमाडौं । नेपाली पब्जी टिम होरा इस्पोर्ट्स साउदी अरेबियामा जारी इस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नवौं स्थान हासिल गर्न सफल भएको छ ।

    फाइनलको अन्तिम दिनको अन्तिम खेलमा चिकन डिनर जितेको होराले समग्रमा १८ खेलमा १०० अंकसहित नवौं भएको हो ।

    यस जितसँगै होराले ग्रुप स्टेजको २७ हजार ५०० डलर, सर्भाइभल स्टेजको २५ हजार डलर, शो म्याचको १५ हजार डलर र फाइनलको नवौं स्थानको ६० हजार डलर गरी कुल १ लाख २७ हजार ५०० अमेरिकी डलर पुरस्कार जितेको छ ।

    यो रकम आजको दरअनुसार १ करोड ७८ लाख ९७ हजार १७५ नेपाली रुपैयाँ हुन आउँछ । गत शुक्रबारदेखि आइतबारसम्म भएको लिग स्टेजको खेलमा होरा इस्पोर्ट्स समग्रमा १३औं भएपछि सिधै ग्राण्ड फाइनलमा पुग्न सकेको थिएन ।

    लिग चरणमा शीर्ष ८ मा नपरेपछि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गरेको होरा सर्भाइभल स्टेज जितेर फाइनलमा पुगेको थियो । सर्भाइभल स्टेजको शीर्ष ८ मा रहने टोली फाइनल स्टेजमा पुग्ने प्रावधान थियो ।

    सर्भाइभल स्टेजमा होराले १२ खेलमा २ चिकेन डिनरसहित कुल १०८ अंक जोड्यो । योसँगै होराले २५ हजार डलर पनि जितेको छ । लिग स्टेजमा १३औं भएको होराले उक्त पोजिसनको पनि २७ हजार ५०० डलर पुरस्कार प्राप्त गर्‍यो । पब्जी मोबाइल विश्वकपको उपाधि भने म्यानमारको वाइजी इस्पोर्ट्सले जित्यो ।

    प्रकाशित मिति :श्रावण १९ २०८२ सोमवार - ११:५३:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij