२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन आइतबार छापावाल सुन तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
साथै, आज चाँदीको पनि मूल्य बढेको छ । आइतबार तोलामा २ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार २५५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij