Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो कुखुरा मासुको भाउ, किलोको कति ?

बढ्यो कुखुरा मासुको भाउ, किलोको कति ?


  • 1.4K
    Shares

    बढ्यो कुखुरा मासुको भाउ, किलोको कति ?
    images

    काठमाडौं ।  कुखुरा व्यवसायीले साउनमा मासुको आपूर्ति कम हुँदा भाउ बढाएका छन् ।

    अन्य महिनाको तुलनामा साउनमा मासु खपत कम हुने भए पनि राष्ट्रिय कुखुरा व्यवसायी संघले उत्पादन कम भएको भन्दै मासुको मूल्यवृद्धि गरेको हो ।

    संघले १५ साउनदेखि लागु हुने गरी भाउ बढाएकोमा फेरि आइतबारदेखि नै लागु हुने गरी ३ दिनमै कुखुरा मासुको भाउ बढाएको छ । संघले जिउँदो कुखुराको भाउ प्रतिकिलो १० रुपैयाँ र तयारी मासुमा १५ रुपैयाँ बढाएको छ ।

    यसअघि जिउँदो कुखुराको भाउ प्रतिकिलो २ सय ४० रुपैयाँ भएकोमा भाउ बढेसँगै २ सय ५० रुपैयाँ पुगेको छ । यस्तै ३ दिनअघि प्रतिकिलो ३ सय ३५ रुपैयाँमा किनबेच भएको तयारी मासु पनि बढेर किलोको ३ सय ५० रुपैयाँ पुगेको छ ।

    यसअघि असारमा जिउँदो कुखुरा प्रतिकिलो २ सय २० र तयारी मासु प्रतिकिलो ३ सय २० रुपैयाँ रहेको थियो ।

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १६:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij