Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

मार्गदर्शन उल्लंघन गर्दै २१ मन्त्रालयले राखे २ सय बढी कर्मचारी

मार्गदर्शन उल्लंघन गर्दै २१ मन्त्रालयले राखे २ सय बढी कर्मचारी


  • 764
    Shares

    • images
    मार्गदर्शन उल्लंघन गर्दै २१ मन्त्रालयले राखे २ सय बढी कर्मचारी
    images

    काठमाडौं । अर्थ मन्त्रालयले जारी गरेको ‘आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ २१ मन्त्रालयले उल्लंघन गरेका छन् । 

    अर्थसचिव घनश्याम उपाध्यायले जारी गरेको मापदण्ड विपरीत १८ दिनमा मन्त्रालयहरूले दुई सय बढी करारमा कर्मचारी राखेका छन् । विभिन्न मन्त्रालय स्रोतका अनुसार प्रत्येक मन्त्रालयले १८ दिनमा १० भन्दा बढी करारमा कर्मचारी राखेका छन् ।

    सचिव उपाध्यायले जारी गरेको ‘आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’ को बुँदा नम्बर ५० मा लेखिएको छ– ‘सेवामा करारमा राख्न सकिने पदको स्थायी दरबन्दी रिक्त भएको अवस्थामा मन्त्रालय र केन्द्रीय निकाय अन्तर्गत फाजिलमा रहेका कर्मचारीबाट पदपूर्ति गर्ने र सो नभएमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखि पठाउनु हुने छ । फाजिलमा रहेको तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी पदपूर्ति हुन नसकेमा करारमा लिनुअघि अर्थ मन्त्रालयको सहमति लिनु हुनेछ । साथै, फाजिलमा कर्मचारी हुँदाहुँदै अर्थ मन्त्रालयको सहमति बिना करारमा कर्मचारी राख्न पाइने छैन ।’

    यो १८ दिनमा सबैभन्दा बढी करारमा कर्मचारी राख्नेमा गृह र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अग्रस्थानमा रहेको पनि स्रोत बताएको छ ।

     

     

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १६:२०:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij