Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

प्रहरी ऐन संशोधन, दुई बुँदा हेरफेर

प्रहरी ऐन संशोधन, दुई बुँदा हेरफेर


  • 1.3K
    Shares

    • images
    प्रहरी ऐन संशोधन, दुई बुँदा हेरफेर
    images

    काठमाडौं । प्रहरी ऐन २०१२ संशोधन गरिएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार प्रहरी ऐन २०१२ को दफा १५ को (ट) लाई संशोधन गरिएको छ ।

    (ट) मा सर्वसाधारण जनतासँग शिष्ट व्यवहार गर्ने र ‘स्वास्नी मानिस’ र केटाकेटीहरूसँग व्यवहार गर्दा पूरा इज्जत र मनासिब नम्रतासाथ व्यवहार गर्ने’ उल्लेख थियो । तर अहिले संशोधन गरेर ‘सेवाग्राही लगायत सबैसँग शिष्ट र मर्यादित व्यवहार गर्ने’ बनाइएको छ ।

    यसअघि ‘स्वास्नी मानिस’ उल्लेख गरिएकोमा आलोचना र गुनासो समेत हुँदै आएको थियो ।

    त्यसैगरी ऐनको दफा ३६ को उपदफा (१) को खण्ड (ख) पनि संशोधन गरिएको छ । खण्ड (ख) मा रहेको ‘क्षेत्रीय’ भन्ने शब्दको सट्टा ‘प्रदेश’ भन्ने शब्द राखिएको छ ।

    खण्ड (ख) मा ‘जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह मन्त्रालयले गर्ने छ र प्रत्येक अदालतमा न्याय सेवा अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृतसहित तीन जना सदस्यहरु रहने छन् । 

    कारबाही पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहेन छैन’ भन्ने उल्लेख थियो । यही बुँदाको क्षेत्रीय भन्ने शब्दको ठाउँमा प्रदेश राखिएको छ ।

    att.Q2tvzbHOmU7auI9wbary5DUe-jYrfLpl69DO8tQWmQI.jpeg

    प्रकाशित मिति :श्रावण १८ २०८२ आइतवार - १२:४०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij