Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

चक्रे मिलनसहित १९ माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप, २८ जना छुटे

चक्रे मिलनसहित १९ माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप, २८ जना छुटे


  • 1.1K
    Shares

    • images
    चक्रे मिलनसहित १९ माथि अनुसन्धान गर्न ७ दिनको म्याद थप,  २८ जना छुटे
    images

    काठमाडौं । गुण्डा नाइकेका रुपमा चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन पाटीबाट पक्राउ परेका १९ जना कम्तिमा ७ दिन हिरासतमा रहने भएका छन् ।

    गएराति महाराजगञ्जको एक होटलबाट पक्राउ परेका उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

    गएराति ४७ जना समातिए पनि २८ जनालाई प्रहरीले छाडेको थियो  भने बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतहरूले उनीहरूलाई केही दिन अघिदेखि नै पछ्याएका थिए । केही दिनअघि भक्तपुरमा ३ वटा गाडीले सडक छेकेर हिँडेको फोटो र भिडियो प्रहरीले अधिकृतहरूले पाएका थिए ।

    सो गाडी चक्रे समूहको भएको पुष्टि भएपछि उनीहरू ‘पुरानै बाटो’ रहेको निष्कर्ष निकालेर निगरानी गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले  बताए । उनले भने, ‘सडक आफ्नै जस्तो गरेर छेकेर हिँड्नु त गुण्डागर्दी भयो भन्ने हाम्रो निष्कर्ष छ । ’

    चक्रे र उनको समूहले गुण्डागर्दी नछाडेको र नसुध्रिएको निष्कर्षको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गएराति महाराजगन्जमा अपरेसन गरेका हुन् ।

    हप्ताभरी जन्मदिन मनाउने कार्यक्रम अन्तर्गत मिलन आफ्नो समूहसँग साम्बालाको आठौँ तलामा पुगेका थिए । गएराति १ बजेतिर उनीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए ।

    प्रहरीले चक्रे समूहको साथबाट दुईवटा खुकुरी, फोल्डिङ रड र पेपर स्प्रे बरामद गरेका छन् । खुकुरी र रड आत्मरक्षाको लागी बोकेर हिँडेको पक्राउ परेका मध्येका राहुल खड्काले प्रहरीलाई बताएका छन् । उनले भनेका छन्, ‘खुकुरी आत्मरक्षाको लागि बोकेका हौँ ।’

     

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १६:३६:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij