२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५०० रुपैयाँ घटेर कारोबार भएको हो ।
छापावाल सुन तोलामा १ लाख ९३ हजार १ सय रुपैयाँ कायम भएको छ भने बिहीबार तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।
साथै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा २ हजार २७० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा २ हजार २३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij