Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

महिमानसिंह र रेशम चौधरीको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै

महिमानसिंह र रेशम चौधरीको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै


  • 862
    Shares

    • images
    महिमानसिंह र रेशम चौधरीको निवेदनमाथि उच्च अदालतमा सुनुवाइ हुँदै
    images

    काठमाडौं ।  सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्ट र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ ।

    न्यायाधीशहरू सुदर्शनदेव भट्ट र कैलाशप्रसाद सुवेदीको संयुक्त इजलासमा दुवै निवेदन एकसाथ राखेर सुनुवाइ भइरहेको छ । महिमानले जिल्ला अदालत काठमाडौंको आदेश बदरको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

    नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न ‘अनधिकृत’ पत्र लेखेपछि पक्राउ परेका उनलाई गत जेठ ५ गते जिल्लाले एक लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश गरेको थियो ।

    विष्टले गत वैशाख १७ गते नाउपाका संरक्षक चौधरीलाई पक्राउ गर्न प्रहरी र डिल्लीबजार कारागारमा पत्राचार गरेका थिए । उक्त अनधिकृत पत्रका कारण चौधरी ५ घण्टा कारागारमा बस्नुपरेको थियो । पछि सर्वोच्चले पत्र सच्याएर पठाएपछि चौधरी छुटेका थिए ।

    सोही दिन प्रहरीले विष्टलाई पक्राउ गरी लिखत किर्ते कसुरमा अनुसन्धान सुरु गरेको थियो । लिखत किर्तेमा प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले विष्टविरुद्ध मुद्दा दायर गरेको थियो । उक्त लिखत किर्तेको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन छ ।

    जिल्लाले धरौटीमा छाडेपछि नाउपाका संरक्षक चौधरीले गत जेठ १९ गते विष्टलाई थुनामा पठाउन माग गर्दै उच्चमा निवेदन दिएका थिए । उक्त निवेदनमाथि उच्चले जिल्लाबाट सक्कल मिसिलसहितको कैफियत प्रतिवेदन मगाएर दुवै जनाको निवेदनलाई एक साथ राखेर सुनुवाइ सुरु गरेको छ ।

    त्यस्तै विष्टले जिल्लाको धरौटी नमिलेको दाबी गर्दै त्यसलाई बदर गरी तारेखमा रहन पाऊँ भनी माग गरेका छन् । यस्तै उच्चमा चौधरीले विष्टलाई थुनामा राख्न दिएको निवेदन पनि खारेज गर्न विष्टले माग गरेका छन् ।

    प्रतियोगिताको विस्तृत तालिका पछि सार्वजनिक गरिनेछ।

    प्रकाशित मिति :श्रावण १५ २०८२ बिहिवार - १३:५१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij