Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छः कालीबाबा 

सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छः कालीबाबा 


  • 946
    Shares

    • images
    सरकार पटक–पटक बदल्नु हुँदैन, स्थिरता चाहिन्छः कालीबाबा 
    images

    काठमाडौं । धार्मिक अभियन्ता, अन्तर्राष्ट्रिय सन्त कालीबाबा अर्थात श्रीश्री १००८ स्वामी महामण्डलेश्वर कृष्णानन्द परमहंस कालीदास बाबाले नेपालको समुन्नति, आर्थिक एवं सामाजिक रुपान्तरण र नागरिकको सर्वोपति हितका पक्षमा काम गर्नुपर्ने बताएका छन्। 

    पशुपति देवपत्तन, वनकालीस्थित हंसमण्डपमा बुधबारदेखि प्रारम्भ भएको दशमहाविद्या रुद्रहवन महायज्ञको उद्घाटन गर्दै कालीबाबाले शान्ति, समृद्धि, राष्ट्रिय एकता र अखण्डता बनिरहोस् भन्ने कामना गरेका हुन् । 

    ‘श्रम र रोजगारीका लागि विदेश जाने युवायुवती नेपालमै बसेर आर्थिकोपार्जन गर्न सक्षम बनुन् । शान्तिप्रिय सरकार रहोस् । पटक पटक सरकार परिवर्तन नहोस्,’ कालीबाबाले भने ।

    कालीबाबाले वास्तविक रुपमै राज्यको अनुभूति हुनुपर्ने बताउँदै सबै एकजुट भएर देशको विकास गर्न आह्वान पनि गरे । ‘शान्ति र समुन्नतिको मार्गमा एकाकार भएर अघि बढ्न सकौ । सुशासन होस्, सबै नागरिकको उन्नति होस् । हाम्रो सुन्दर देशको विकास गर्न धेरै समय नै लाग्दैन,’ उनले भने।

    दशमहाविद्याको महत्त्व 
    कालीबाबाले भगवतीको उपासना, पूजापाठ गर्दा शान्ति, समृद्धि, ऐश्वर्यले भरिपूर्ण गराउने शक्तिशाली देवीमा दशमहाविद्या आउने बताउँदै विधिविधान अनुसार पूजाअर्चना गरिएमा ऐश्वर्य प्राप्ति हुने विश्वास गरिने प्रस्ट पारेका छन् ।

    उनले देशमा शान्ति, समृद्धि, भाइचारा, अखण्डता, एकता, भोकमारी, महामारी कष्टदेखि सम्पूर्ण रक्षा गरेर देशमा शान्ति समृद्धिको यात्रामा अघि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ दशमहाविद्या रुद्रहवन महायज्ञको आयोजना गरिएको बताए। 

    उनले भने ‘नेपाल देशका हरेक नागरिकले एक घुट पानी पिएर, एक फाँको सातु खाएर घुटुक्क पानी पिएर शान्तिपूर्वक बस्न पाए पनि खुशी हुन्छन् । त्यसैले हरेक वर्ष ज्योतिर्लिंगको दर्शन गरेर पशुपतिनाथमा आएर जल चढाएर रुद्राभिषेक गर्ने गर्दै आएको छु । यस वर्ष दशमहाविद्या रुद्रहवन महायज्ञकै आयोजना गरिएको छ । मेरो कामना नेपाल र नेपालीको शान्ति र समुन्नति हो ।’

    यसैबिच, कालिका साधना आश्रम र शिवशक्ति बाबा कालीदास धामको आयोजना र मानवसेवा फाउण्डेशनको सहकार्य रहेको दशमहाविद्या रुद्रहवन महायज्ञमा बुधबार बृहत कलश यात्राको आयोजना गरी प्रारम्भ गरिएको छ । कलशयात्रा मैतीदेवीदेखि नगरपरिक्रमा गर्दै वनकालीस्थित हंसमण्डपमा पुगेर महायज्ञ सुरु भएको हो ।

    कलशयात्रामा फाउण्डेशनका अध्यक्ष विजय कृष्णमूर्ति तथा धार्मिक अभियन्ता र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो । 

    यसअघि, भारतमा धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ २०८१ माघमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अगुवाइमा ‘दश महाविद्या विष्णु सहस्र कोटि हवन महायज्ञ’ आयोजना गरिएको थियो । सोही महायज्ञमा काठमाडौँमा पनि महायज्ञ आयोजना गर्ने घोषणा गरिएको थियो । 

    प्रकाशित मिति :श्रावण १४ २०८२ बुधवार - ११:५५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij