२०८२ भाद्र ११ गते बुधवार
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध मुद्दा दायर भएको छ ।
साउन ४ मा पक्राउ परेका झालाई प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाडौंले आज मंगलबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
बलात्कारको कसुरमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद भए पनि अहिराजविरुद्धको मुद्दा भने ९ दिनमै अदालतमा टेकाइएको छ ।
अन्य सामान्य अभद्र व्यवहारको कसुरमा समेत प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरे पनि अहिराजको केशमा भने ९ दिनमै मुद्दा अदालतमा टेकेको हो ।
अहिराजले एक युवतीलाई बलात्कार गरेको आरोप छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा अहिराजले बलात्कार गरेको आरोप रहेको छ । डेरामा एक्लै बसेका बेला पूर्व चिनजानका अहिराजले आएर बलात्कार गरेको पीडितको भनाइ छ ।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २१९ मा उल्लेख बलात्कार गर्न नहुने कसुरमा अनुसन्धान गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij