Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

पोखरामा प्रोटोन गाडीको नयाँ शोरुम

पोखरामा प्रोटोन गाडीको नयाँ शोरुम


  • 1.5K
    Shares

    पोखरामा प्रोटोन गाडीको नयाँ शोरुम
    images

    काठमाडौं । जगदम्बा मोटर्सले पोखरामा आफ्नो पछिल्लो शोरुम आधिकारिक रूपमा सञ्चालनमा ल्याएको छ । पोखराको बुद्धचोकमा खोलिएको नयाँ शोरुमले ग्राहकलाई प्रोटोनको प्रमुख विद्युतीय सवारीसाधन (ईभी) ‘प्रोटोन इमास ७’ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ ।

    काठमाडौंमा सफल सुरुवातपछि पोखरामा खोलिएको शोरुम सन् २०२५ सम्म राष्ट्रव्यापी ईभी नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्त्वपूर्ण हिस्सा भएको कम्पनीले जानकारी दिएको छ ।

    यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श र सजिलो फाइनान्स तथा सरकारी अनुदान विकल्पबारे पनि सहजीकरण गरेको छ ।

    बिक्रीपछिको सेल्स सपोर्ट अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखराभित्र तेस्रो सर्भिस सेन्टर स्थापना गरेको छ ।

    प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धताबारे जानकारी गराइएको थियो ।

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १५:२४:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij