Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सागर डिष्टिलरीले पायो १४ करोड भन्दा बढी आइपिओ जारी गर्ने अनुमति

सागर डिष्टिलरीले पायो १४ करोड भन्दा बढी आइपिओ जारी गर्ने अनुमति


  • 1.1K
    Shares

    सागर डिष्टिलरीले पायो  १४ करोड भन्दा बढी आइपिओ जारी गर्ने अनुमति

    काठमाडौं । सागर डिस्टिलरीले आइपिओ जारी गर्न साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

    कम्पनीले सर्वसाधारणको लागि १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्ने भएको छ। 

    कम्पनीको वार्षिक मदिरा उत्पादन ५० लाख लिटर रहेको छ भने रोयल ब्लु, ग्रे वुल्फ, नेप्से बुल्स, गभर्नर नामका मदिरा उत्पादन गर्दै आइरहेको छ।

    कम्पनीले माल्ट स्प्रिट उत्पादनको नयाँ प्लाट स्थापना गर्न लागेको छ। यसको लागि ३३ करोड ४० लाख रूपैयाँ लागत लाग्ने र यसमध्ये ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत सेयर जारी गरेर पुँजी जुटाउने कम्पनीले उल्लेख गरेको छ। 

    कम्पनीमा आशुतोष खेतानको १४.५२ प्रतिशत, अल्का गोयलको १०.६३ प्रतिशत र सन्दिप जलानको ९.१४ प्रतिशत सेयर स्वामित्व रहेको छ।

     

     

     

     

    images
    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १३:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij