Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

भेरी नदीमा फसेका ४ जनाको सकुशल उद्धार

भेरी नदीमा फसेका ४ जनाको सकुशल उद्धार


  • 743
    Shares

    • images
    भेरी नदीमा फसेका ४ जनाको सकुशल उद्धार
    images

    काठमाडौं । डोल्पाको ठूलोभेरी नगरपालिका–३ धुपीचौरस्थित भेरी नदीको बीच भागमा फसेका चार जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङ बस्ने ३३ वर्षीय ललित बोहरा, २६ वर्षीय नन्दप्रसाद बोहरा, ३५ वर्षीय लालकुमार बुढा र ३७ वर्षीय श्यामलाल बोहराको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

    उनका अनुसार मंगलबार बिहान दाउरा लिन गएका उनीहरू भेरी नदीको बहाव एक्कासि बढ्दा बीच भागमा फसेका थिए । उद्धारपछि उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको छ । उनीहरूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १२:०८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij