Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सीआईबी छापा

काठमाडौं महाराजगन्जको भिजिट अबरोड ट्राभल्समा सीआईबीको छापा

काठमाडौं महाराजगन्जको भिजिट अबरोड ट्राभल्समा सीआईबीको छापा


  • 876
    Shares

    • images
    काठमाडौं महाराजगन्जको भिजिट अबरोड ट्राभल्समा सीआईबीको छापा
    images

    काठमाडौं । महाराजगन्जस्थित एक ट्राभल्स एजेन्सीमा स्पेन प्रकरणबारे छानबिन गरिरहेको समितिले  छापा मारेको छ । सीआईबीका एसएसपी होबिन्द्र बोगटी नेतृत्वको छानबिन समितिले भिजिट अबरोड टुर्स एण्ड ट्राभल्समा छापा मारेको हो ।

    असार १६ देखि १९ सम्म स्पेनको सेभिल्लामा आयोजित संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी गराउन सो ट्राभल्सले फर्जी कागजात बनाएर मानिसहरू पठाएको आशंकामा छापा मारिएको छानबिन समितिका एक जना सदस्यले बताए ।

    उनले भने, ‘स्पेनमा मानिस पठाउन ट्राभल्सको संलग्नता रहेको सूचनाका आधारमा छापा मारेका हौँ । तर, सो प्रकरणसँग सम्बन्धित कुनै प्रमाण भेटिएन ।’

    प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको ‘इन्टरनेशनल कन्फेरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स एफएफडी–४’ मा सहभागी गराउन सो ट्राभल्सले फर्जी डकुमेन्ट तयार गरेर पठाएको सूचना प्रहरीले पाएको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओली १४ असारमा त्यसतर्फ प्रस्थान गरेका थिए । स्पेनको सेभिल्लामा आयोजित कार्यक्रममा प्रधानमन्त्री गएको दिन र भोलिपल्ट पनि अनधिकृत व्यक्तिहरू त्यहाँ गएर नफर्केको छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ ।

    अनधिकृत व्यक्तिहरूले भिसा लिएको सूचना चुहिएपछि भारतको नयाँ दिल्ली स्थित स्पेन दूतावासको आग्रहमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ५५ जना फर्काइएका थिए । तर, अर्को समूहका ४९ जना नेपालबाट र अरू केही मानिसहरू नयाँ दिल्लीबाट समेत त्यसतर्फ उडेको छानबिन समितिका सदस्यहरू बताउँछन् । तीमध्ये केही प्रधानमन्त्री ओली गएकै दिन स्पेन प्रस्थान गरेका थिए ।  

    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - १०:४३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij