२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको तेस्रो कोरोबारको दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो ।
साथै, चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार २९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij