Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

विधान संशोधन सुझाव भदौ १० भित्र पठाउन एमालेको निर्देशन

विधान संशोधन सुझाव भदौ १० भित्र पठाउन एमालेको निर्देशन


  • 1.7K
    Shares

    विधान संशोधन सुझाव भदौ १० भित्र पठाउन एमालेको निर्देशन

    काठमाडौं ।  एमालेले आगामी भदौ २० देखि सुरु हुने विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधनमाथि सुझाव पठाउन भदौ १० गतेसम्मको मिति तोकेको छ । 

    नवौँ केन्द्रीय कमिटी बैठकका निर्णयसहित पार्टी कमिटीलाई अपानि-१२, जारी गर्दै एमालेले विधानमाथिको संशोधन सुझाव पठाउने मिति भदौ १० भित्रलाई तोकेको हो ।

    ‘केन्द्रीय कमिटीको बैठकबाट पारित उक्त विधान संशोधन प्रस्तावमा मातहतका कमिटी र सदस्यहरूले आफ्नो सुझाव लिखित रूपमा भदौ १० सम्म पार्टी केन्द्रीय कार्यालयमा पुग्ने गरी पठाउनु पर्नेछ,’ छ। 

    प्रदेश तथा जिल्लाबाट आएको सुझाव विधान महाधिवेशनअघि बस्ने केन्द्रीय कमिटीमा छलफल गरेर समावेश गर्ने नगर्ने समेत जानकारी दिएको छ ।

    एमालेभित्र खासगरी चर्चाको विषय बनेको ७० बर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीले प्रस्ताव गरिसकेको छ । 

    उपाध्यक्ष विष्णुप्रसाद पौडेलले तयार पारेको विधान संशोधन मस्यौदामा यसअघि रहेको पार्टी विधानको धारा ६४ हटाउने प्रस्ताव छ ।

    यसअघि पार्टी विधानको धारा ६४ मा ७० वर्षे उमेर हद र दुई कार्यकाल बढी एउटै पदमा बस्न नपाइने व्यवस्था रहेको थियो ।

    uml333_g47soJx4ca.png

     

    images
    प्रकाशित मिति :श्रावण १३ २०८२ मंगलवार - ०९:३९:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij