२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको दोस्रो कारोबारका दिने सोमबार नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ भने चाँदी भने सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम भएको छ भने हिजो पनि सुनको मुल्य तोलामा १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी २ हजार २९५ रुपैयाँ कायम भएको छ भने हिजो चाँदी तोलामा २ हजार २९० रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij