Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

यस्तो छ कालीमाटीमा आजको तरकारी र फलफूलको मूल्य

यस्तो छ कालीमाटीमा आजको तरकारी र फलफूलको मूल्य


  • 890
    Shares

    यस्तो छ कालीमाटीमा आजको तरकारी र फलफूलको मूल्य
    images

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो ।

    न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपौयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३४ रुपैयाँ, आलु रातो प्रतिकिलो ४२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २९ रुपैयाँ, आलु रातो(मुडे)प्रतिकिलो ३६

    रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ८५ रुपैयाँ, गाजर (तराई ) ७५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो २० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ६० रुपैयाँ, काउली तराई प्रतिकिलो ५० रुपैयाँ, रातो मूला प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो १० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ३० रुपैयाँ, तने बोडी प्रतिकिलो ३० रुपैयाँ र मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

    यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ३५ रुपैयाँ, टाटे सिमी मूल्य प्रतिकिलो ४५ रुपैयाँ, भटमास कोसा प्रतिकिलो १०० रुपैयाँ, तीतो करेला प्रतिकिलो १० रुपैयाँ, लौका प्रतिकिलो २० रुपैयाँ, परवर (तराई) प्रतिकिलो  ३५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो १५ रुपैयाँ, घिरौला प्रतिकिलो २५ रुपैयाँ, झिगुनी प्रतिकिलो ३५ रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ४० रुपैयाँ, फर्सी हरियो (डल्लो) प्रतिकिलो ३० रुपैयाँ, भिण्डी प्रतिकिलो ३२ रुपैयाँ कायम गरिएको छ ।

    यस्तै, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, पिँडालु प्रतिकिलो ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३० रुपैयाँ, रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ११० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १२० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरिलो प्रतिकिलो  २०० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।

    ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १९० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।

    समितिले स्याउ (झोले) प्रतिकिलो २२० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो  ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो ११० रुपैयाँ, अनार प्रतिकिलो ३०० रुपैयाँ, आँप (मालदह) प्रतिकिलो १७५ रुपैयाँ, आँप (दशहरी) प्रतिकिलो १७० रुपैयाँ, आँप (चोसा) १५५ रुपैयाँ,मौसम प्रतिकिलो १४० रुपैयाँ, जुनार प्रतिकिलो  २२० रुपैयाँ, भुइँकटहर प्रतिगोटा  १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, रुखकटहर प्रति गोटा १४० रुपैयाँ, नासपाती (लोकल) प्रतिकिलो ५० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ  निर्धारण गरिएको छ ।

    प्रकाशित मिति :श्रावण १२ २०८२ सोमवार - ०७:५३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij