२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । सीजी मोटर्सले गीली अटो ग्रुपको सहकार्यमा नेपालको नम्बर १ इलेक्ट्रिक पिकअप रिडारा आरडी सिक्सका लागि नयाँ आकर्षक अफर सार्वजनिक गरेको छ।
अबग्राहकहरुले मात्र ९.९९ लाखको न्यूनतम डाउनपेमेन्टमा नेपालकै सबैभन्दा अत्याधुनिक ईभी पिकअप आफ्नो बनाउन सक्छन् ।
यस अफरमार्फत नेपाली उपभोक्ताका लागि विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो, र सुविधा सम्पन्न बनाउने उद्देश्यलाईथप मजबुत बनाएको छ।
प्रविधिमैत्री र शक्तिशालीतर्फ यो पिकअपमा ६३ केडब्लुएच क्षमताको व्याट्री र २ सय किलोवाट पावर र ३८५ एनएम टर्क दिने एकल इलेक्ट्रिक मोटर जडान गरिएको छ । यसले गर्दा ३७७ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छ ।
गीलीको अत्याधुनिक एमएपी प्लेटफर्ममा निर्मित यो पिकअपमा अगाडि म्याकफेर्सन र पछाडि मल्टि लिंक सस्पेन्सन जडान गरिएको छ । यसले गर्दा नेपालको विभिन्न सडक खण्डमा सहजर र सन्तुलित यात्रा गर्न सक्छ ।
यो पिकअपमा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको अगाडिको ट्रक, भेहिकल टु लोड प्रविधि जडान गरिएको छ । यसले गर्दा बाह् उपकरण चार्ज गर्न सकिन्छ । कम्पर्ट, इकोनोमी र स्पोर्ट गरी तीन प्रकारको ड्राइभ मोडको सुविधा यसमा जडान गरिएको छ । साथै ३६० डिग्री क्यामेरा, एडीबी म्याट्रिक्स लेड हेडलाइट, ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टिलले यसको बडी तयार भएको छ ।
यो पिकअप लिंदा आकर्षक क्यासब्याक अफर, निःशुल्क एशोसरिज, सवारी एक्सचेन्ज गर्दा ३ लाखसम्मको बोनसको सुविधा प्रदान गरिएको छ ।
सिजी मोटर्सले देशभर २६० वटा बढी चार्जिङ स्टेशन र २० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।
गीली चीनको शीर्ष १० अटोमोबाइल निर्माता कम्पनीमध्ये एक प्रसिद्ध कम्पनी भएको सिजी मोटर्सले जनाएको छ । अब नेपालमा पनि व्यक्तिगत तथा व्यवसायिक प्रयोगका लागि यो एक स्मार्ट, टिकाउ, र भविष्यमुखी विकल्प बनेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij