Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

४४० किलोमिटर रेन्ज दिने बीवाइडी 'सिलायन ७' अब नेपालमा

४४० किलोमिटर रेन्ज दिने बीवाइडी 'सिलायन ७' अब नेपालमा


  • 1.3K
    Shares

    ४४० किलोमिटर रेन्ज दिने बीवाइडी 'सिलायन ७' अब नेपालमा
    images

    काठमाडौं । नेपालमा बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क. प्रा.लि.ले बहुप्रतीक्षित बीवाईडी सिलायन ७ (सेभेन) सार्वजनिक गरेको छ । सिलायन ७ देशको प्रिमियम इलेक्ट्रिक एसयूभी सेग्मेन्टमा एक नयाँ साहसी प्रतिस्पर्धीको रूपमा आएको छ ।

    श्रावण ०८, २०८२ मा आयोजित एक विशेष कार्यक्रममार्फत गरिएको सार्वजनिक कार्यक्रममा बीवाईडीले नेपालमा यातायातको भविष्यलाई पुनः परिभाषित गर्ने आफ्नो प्रतिबद्धता प्रति अर्को महत्वपूर्ण कदम चालेको संकेत गरेको छ।

    कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत महामहिम चेन सोङको विशेष उपस्थिति रहेको थियो। उनले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै प्रशंसा गरे । साथै, उनले बीवाईडी सिलायन ७ जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनहरूको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे।

    “बीवाईडी सिलायन ७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट, र नेपालको लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ। १०० किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित हामी नेपाली बजारमा अर्को एक महत्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं,” साइमेक्स इन्क। प्रा। लि।का प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने । 'दिगो यातायातको माग बढ्दै गर्दा, सिलायन ७ ले सार्थकता र आकर्षण दुबैका साथ विद्युतीय सवारी प्रतिको हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाउँनेछ।'

    बीवाईडी सिलायन सेभेन स् नेपालको लागि नयाँ पीढीको विद्युतीय एसयूभी

    बीवाईडी सिलायन ७ अब नेपालमा १०० किलोवाटको रियर-व्हील ड्राइभ कन्फिगरेसनमा उपलब्ध भएको छ, जुन उच्च प्रदर्शन, आकर्षक डिजाइन, र लामो दुरी क्षमताको लागि इन्जिनियरिङ गरिएको छ। यो मोडेल बीवाईडीको ओसियन सिरिजको हिस्सा हो। यस सिलायनको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्रारम्भिक अर्ली बर्ड मूल्य ७ २ लाख ९९ हजार रूपैयाँ रहेको छ । । प्रारम्भिक अर्ली बर्ड मूल्य सीमित अवधिका लागि मात्र रहने जनाइएको छ । 

    प्रारम्भिक चरणमा बुकिङ गर्ने ग्राहकहरूले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाउने :

    • ब्लेड ब्याट्री: १० वर्ष / २,००,००० किलोमिटर
    • इलेक्ट्रिक मोटर १० वर्ष / १,८७,५०० किलोमिटर
    • पूरै सवारीसाधन (LVB साथा: ७ वर्ष / १,५०,००० किलोमिटर

    विश्वकै सबैभन्दा छिटो उत्पादन हुने ईभी मोटर

    सिलापन ७ मा १०० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ, जुन ३८० न्युटन मिटर टर्क उत्पादन गर्न सक्षम छ र विश्व कीर्तिमान राख्ने २३,००० आरपीएममा घुम्ने क्षमता राख्छ । यो उच्च गति मोटरले तिब्र एक्सेलेरेसन सुनिश्चित गर्दै बीवाईडीको इलेक्ट्रिक पावरट्रेन नवप्रवर्तनमा नेतृत्वलाई मजबुत बनाउँछ ।

    नयाँ डिजाइन र ओसियन प्रेरित सौन्दर्यको संगम

    बीवाईडीका ग्लोबल डिजाइन निर्देशक वोल्फग्याङ एगरको नेतृत्वमा तयार पारिएको सिलायन ७ आफ्नो स्पोर्टी बनावट, दुई तहको वेस्टलाइन, र कुप शैलीको फास्टब्याक रुफलाइनको लागि परिचित छ ।

    मोटर : १०० किलोवाट/ ३८० एनएम

    ​​​​​​​शीर्ष गति १६० किलोमिटर प्रति घण्टा

    ब्याट्री ७१.८ kWh ब्लेड ब्याट्री

    रेन्ज :४४० किमि (WLTP)

    प्ल्याटफर्म ई-प्ल्याटफर्म ३.० + CTB

    ​​​​​​​सस्पेन्सन डबल विशबोन (अगाडि), मल्टि-लिंक (पछाडि), FSD ड्याम्परहरू

    ​​​​​​​डिस्प्ले १५.६” घुमाउन मिल्ने टचस्क्रिन

    ​​​​​​​​​​​​​​वारेन्टी १० वर्ष / २,००,००० किमिसम्म (प्रारम्भिक अफर अन्तर्गत)

    सेल-टु-बडी (CTB) इन्टीग्रेशनसहितको ब्लेड ब्याट्री

    बीवाईडीको अत्याधुनिक ई-प्ल्याटफर्म ३.० मा निर्मित, सिलायन ७ ले क्रान्तिकारी ब्लेड ब्याट्रीमा जडित छ, जुन विश्वव्यापी रूपमा यसको सुरक्षा, टिकाउपन, र नयाँ प्रविधिका लागि चर्चित छ । सेल-टु-बडी ( CTB) इन्टीग्रेशन मार्फत, ब्याट्री सवारीसाधनको संरचनाको अभिन्न भाग बन्छ, जसले इन्टीरियर र गाडीको सन्तुलन राम्रो बनाउँछ ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १७:४६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij