Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आइपिओ ल्याउदै फोन पेले

आइपिओ ल्याउदै फोन पेले


  • 1.1K
    Shares

    • images
    आइपिओ ल्याउदै फोन पेले

    काठमाडौं । जिटल भुक्तानी सेवा सञ्चालक फोन पेले पनि आइपिओ ल्याउने भएको छ।

    कम्पनीले २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने तयारी गरिरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड रूपैयाँ रहेको छ भने प्रिमियम मूल्यमा आइपिओ ल्याउने योजना बनाएपनि यसमा निर्णय भइसकेको छैन। 

    कम्पनीले १० करोड २० लाख रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ। योसँगै चुक्ता पुँजी ६१ करोड २० लाख रूपैयाँ पुग्ने भएको छ। 

    हालै मात्र खेतान समूहले पनि कम्पनीमा लगानी गर्न लागेको छ। एफ वानसफ्टको स्वामित्वमा रहेकोमध्ये २० प्रतिशत सेयर खेतान समूहले किन्ने तयारी भइरहेको छ भने यसको लागि कम्पनीले राष्ट्र बैंकमा स्वीकृति मागिरहेको छ। 

    ६ वर्षदेखि सञ्चालनमा रहेको एफवान सफ्ट भुक्तानी सेवा सञ्चालक संस्थाहरूमध्ये एक मुख्य सेवा हो। 

    हाल कम्पनीको क्युआर कोड मार्फत् मात्रै बार्षिक सात खर्ब रूपैयाँ हाराहारीको भुक्तानी हुने गरेको छ। 

    कम्पनीले बार्षिक १६ करोड हाराहारी आम्दानी गर्दै आएको छ। आर्थिक वर्ष २०८०\८१  मा कम्पनीले सेयर लगानीकर्तालाई १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

     

     

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १३:५१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij