Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासनका लागि सम्झौता

सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासनका लागि सम्झौता


  • 792
    Shares

    • images
    सारथी केवल इन्डष्ट्रीज र सिटिजन्स क्यापिटलबीच आईपीओ निष्कासनका लागि सम्झौता
    images

    काठमाडौं । नेपालको औद्योगिक तथा वित्तीय क्षेत्रमा एक ऐतिहासिक कदमस्वरूप,२०८२ श्रावण ७ गते बुधवारका दिन सारथी केवल इन्डष्ट्रीज लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडसँग प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

    उक्त औपचारिक कार्यक्रम होटल मेरियट, काठमाण्डौमा सम्पन्न भयो, जसमा सम्झौतापत्रमा सारथि केवल इन्डष्ट्रीज लिमिटेडका अध्यक्ष श्री अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे।

    सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आगामी आर्थिक वर्ष २०८२\८३ मा आफ्नो जारी पुँजिको २०५ सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस क्ष्एइ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने छन्।

    (IPO) बाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलोपटक Underground Cable उत्पादन सुरु गर्दै नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुनेछ र त्यसका साथै अत्याधुनिक प्रविधि प्रयोग गरी Aluminium Furnance Plant  जडानगर्ने लक्ष्य लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ। यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ।

    सारथी केवल इन्डष्ट्रीज लिमिटेडले बिगत १८ बर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो। कम्पनीले मुख्यतःMulti-Strand Cable, Power Cable, Concentric Cable र ACSR Conductor उत्पादनहरूमा विशेषज्ञता हाँसिल गरेको छ।

    समारोहमा दिइएका अभिव्यक्तिहरू
    श्री अंकित भुसाल, अध्यक्ष, सारथी केबल इन्डष्ट्रीज लिमिटेड:
    यो सम्झौता नेपालको विद्युतीय पूर्वाधारलाई आधुनिकीकरणतर्फ अग्रसर गराउने हाम्रो अभियानमा एउटा महत्वपूर्ण मोड हो। Underground Cable उत्पादनको विस्तार — जुन नेपालमै पहिलोपटक हुन गइरहेको छ — हामीले राष्ट्रिय आवश्यकता पूरा गर्न आन्तरिक समाधान उपलब्ध गराउने दिशामा ऐतिहासिक कदम चालेका छौं।

    श्री सबिर बादे श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, सिटिजन्स क्यापिटल लिमिटेड:
    सारथी केवल इन्डष्ट्रीजसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय हो। यस क्ष्एइ परियोजनाले नेपालको केवल उत्पादन क्षमतामा उल्लेखनीय योगदान दिनेछ र लगानीकर्ताहरूका लागि पनि सुनौलो अवसर प्रदान गर्नेछ।

    नेपालको जलविद्युत् सम्भावनालाई बल पुर्‍याउँदै
    नेपालमा करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादनको सम्भावना रहेको छ, जसमा नेपाल सरकारले सन् २०३५ सम्ममा विद्युत् उत्पादन २८,५०० मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ। देशले जलविद्युत् योजनाहरूको विकास तीव्र गतिमा अगाडि बढाइरहेका बेला उच्च गुणस्तरको विद्युत् पूर्वाधारको माग समेत तीव्र रुपमा वृद्धि हुँदैछ।

    सारथी केवल इन्डष्ट्रीज लिमिटेडको भूमिगत केवल उत्पादनतर्फको विस्तारले नेपालको प्रसारण तथा वितरण प्रणालीलाई थप सक्षम बनाउनेछ, जसले देशको विद्युत् उत्पादन र आपूर्तिमा दीर्घकालीन विश्वसनीयता प्रदान गर्नेछ।

     

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - ११:१२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij