Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

आजको मौसम

आज मनसुनी वायुको प्रभाव कमजोर, देशका यी स्थानमा भारी वर्षाको सम्भावना

आज मनसुनी वायुको प्रभाव कमजोर, देशका यी स्थानमा भारी वर्षाको सम्भावना


  • 1.4K
    Shares

    आज मनसुनी वायुको प्रभाव कमजोर, देशका यी स्थानमा भारी वर्षाको सम्भावना
    images

    काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू-भागमा वर्षा हुने सम्भावना रहेको छ। हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ अवस्थित छ।

    आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। बाँकी प्रदेशहरूमा भने आंशिक बदलीको सम्भावना छ। यी पाँचवटै प्रदेशका पहाडी भू-भागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

    आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहनेछ। बाँकी क्षेत्रहरूमा भने आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना छ।

    विशेषगरी कोशी प्रदेशको पहाड र तराई, साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रकाशित मिति :श्रावण ८ २०८२ बिहिवार - ०५:५६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij