Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

पूर्वमन्त्री रञ्जिता श्रेष्ठले बयान दिन पुगिन् अख्तियार

पूर्वमन्त्री रञ्जिता श्रेष्ठले बयान दिन पुगिन् अख्तियार


  • 1.1K
    Shares

    • images
    पूर्वमन्त्री रञ्जिता श्रेष्ठले बयान दिन पुगिन् अख्तियार

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री एवं नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठसँग बयान लिन सुरु गरेको छ ।

    अख्तियारले उनलाई बयानका लागि झिकाएको थियो । विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु भएको अख्तियारस्रोतले बतायो । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री श्रेष्ठको पनि संलग्नता भेटेपछि बयानका लागि बुझाएको हो ।

    निवर्तमान सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस अडियो रेकर्ड गर्ने व्यक्तिको फोन ट्रयाकिङका क्रममा अख्तियारको अनुसन्धान गर्ने टोलीले केही शंकास्पद कल र म्यासेजहरु फेला पारेको थियो ।

    ‘त्यही सिलसिलामा हेर्दा तत्कालिन मन्त्री रञ्जिताले उनीसँग समेत रकम मागेको भेटियो’ अख्तियारस्रोतले भन्यो, ‘उनी मात्रै होइन, उनको नीजि सुरक्षा अधिकृत९पीएसओ०को मोवाइलबाट समेत लेनदेन सम्बन्धी शंकास्पद म्यासेज आदानप्रदान भएको भेटिएपछि बोलाइएको हो ।’

    प्रकाशित मिति :श्रावण ७ २०८२ बुधवार - १३:०३:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij