२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । डिसहोमले आफ्ना इन्टरनेट ग्राहकका लागि ‘खुसीको बोनस-३६५ दिन नै बोनस’ अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत वार्षिक नयाँ इन्टरनेट जोड्ने वा रिचार्ज गर्नेमध्येबाट हरेक साता १४ जनाले सित्तैँमा ३ सय ६५ दिनको इन्टरनेट सेवा पाउने भएका छन्।
त्यस्तो १४ विजेतामध्ये १० जना वार्षिक नयाँ इन्टरनेट जडान गर्नेमध्ये र बाँकी ४ जना हालका वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट छनोट गरिने डिसहोमले जनाएको छ। विजेताको घोषणा हरेक साता शुक्रबार साँझ ५ बजे हुने र नभए आइतबार साँझ ५ बजे हुने डिसहोमले जानकारी दिएको छ। रिचार्जका लागि खल्ती, ई-सेवा वा माइडिसहोम एप प्रयोग गर्न सकिने छ।
डिसहोमको उपलब्ध वार्षिक प्योकजमा १०० एमबीपीएसका लागि ८ हजार ५ सय रुपैयाँ, २०० एमबीपीएसका लागि ११ हजार ५०० र ३०० एमबीपीएसका लागि १३ हजार ५ सय ५० रुपैयाँ भ्याटसहित वार्षिक रकम लाग्ने छ। नयाँ जडानका लागि भ्याटसहित थप १ हजार १ सय ३० रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij