Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै


  • 1.3K
    Shares

    • images
    चीनको केरूङमा अलपत्र दुई सय नेपालीलाई बुधबार खासा नाका हुँदै ल्याइँदै

    काठमाडौं । रसुवा– रसुवागढी नाकास्थित मितेरी पुल भोटेकोशीको बाढीले बगाएपछि चिनियाँ भूमिमा अलपत्र करिब दुई सय नेपाली नागरिकलाई बुधबार नेपाल फर्काइँदैछ ।

    गत असार २४ गते नेपाल चीन सीमाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण मितेरी पुल बगाएपछि चीनको केरुङमा अलपत्र नेपाली नागरिकलाई बुधबार तातोपानी (चाङ्मु) नाकाबाट नेपाल ल्याउन लागिएको हो ।

    ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले यसबारेमा जानकारी दिएका छन् । महावाणिज्यदूत निरौलाका अनुसार केरुङमा अलपत्र २०३ नेपालीलाई चीन सरकारका तर्फबाट सुरक्षित बसोबासको व्यवस्था मिलाइएको छ ।

    दुवै देशबीच कुटनीतिक पहलपछि चीन सरकारसँगको समन्वय र सहयोगमा तीन नेपालीलाई तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो ।

    अलपत्र नेपाली नागरिकमध्ये कतिपयसँग नेपाल जाने भाडा र खाना खर्चसमेत नभएको जानकारी दिँदै उनले चीनको सिजाङ स्वायत्त क्षेत्रको वैदेशिक मामिला कार्यालयसँगको समन्वय र चीन सरकारका सम्बन्धित निकायको सहयोगमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याइने जानकारी दिए ।

    तातोपानीमा पुर्‍याएपछि उनीहरूलाई नेपाली अधिकारीहरूको जिम्मा लगाइने छ । महावाणिज्यदूत निरौलाले बाढीपीडित नेपाली नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित बसोबासको व्यवस्था मिलाएर नाकासम्म लैजान लगेकोमा चीन सरकारलाई धन्यवाद दिए ।

    प्रकाशित मिति :श्रावण ६ २०८२ मंगलवार - ११:२०:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij