२०८२ भाद्र ८ गते आइतवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मुल्य सामान्य बढेको छ नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ४ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो सुनको मुल्य तोलामा १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
साथै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार २८५ रुपैयाँ कायम भएको छ भने हिजो पनि चाँदी तोलामा २ हजार २८५ रुपैयाँमा किनबेच भएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij