२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
संभावित वर्षाका कारण बाढी, पहिरो, डुबान र नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij