२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जिल्ला कारागार सिराहामा आइतबार अपराह्नमा कैदी बन्दीहरूबिच दोहोरो झडप भएको छ।
झडपमा १३ जना घाइते भएको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिएका छन् ।
बरालका अनुसार कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोली कारागार पुगेर आवश्यक सोधपुछ गरिरहेको छ। ‘घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ।
क्षमताभन्दा साढे तीन गुणा बढी कैदी बन्दी रहेको सिराहा कारागारमा अवैध कारोबार हुने गरेको आशङ्कामा जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा शनिबार बिहान नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको सुरक्षा अधिकारीको टोलीले कैदी बन्दी बस्दै आएको हरेक कोठाको सर्च गरेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij