Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

१३ दिनपछि खुल्यो स्याफ्रुवेँसी –रसुवागढी सडक

१३ दिनपछि खुल्यो स्याफ्रुवेँसी –रसुवागढी सडक


  • 1.0K
    Shares

    १३ दिनपछि खुल्यो स्याफ्रुवेँसी –रसुवागढी सडक
    images

    काठमाडौं ।  बाढीले क्षतिग्रस्त बनाएको स्याफ्रुवेँसी - रसुवागढी सडक खुलेको छ । १३ दिनपछि ट्र्याक खोल्न सफल भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी रसुवागढी सडक योजनाका सब इन्जिनियर तथा प्राविधिक रूपनारायण पौडेलले जानकारी दिएका छन् । 

    उनले भने, ‘११ औँ दिनको कडा मेहनतपछि बाटो खुल्यो । सबै प्रकारका सवारी एकतर्फी सञ्चालन गर्न सकिने भएको छ ,’। 

    बाढीले क्षति गरेको दोस्रो दिनदेखि सडक मर्मत सुरु गरिएको थियो । शुक्रबार खुलाइने भनिए पनि कडा चट्टानसहितको भिर कटन गर्न नसक्दा असफल भएको र आज खुलाउन सफल भएको पौडेलको भनाइ रहेको छ ।

    गत असार २२ गते आएको बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोड्ने सडक र मितेरी पुल क्षतविक्षत बनाएको थियो । मितेरी पुलमा दसैँअघि बेलिब्रिज जडान गर्न चीनसँग सहमति भएको छ ।

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १६:१८:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij