Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

समाचार

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, ३ जना घाइते

मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, ३ जना घाइते


  • 1.1K
    Shares

    मुग्लिन-नारायणगढ सडकमा गुडिरहेको कारमाथि खस्यो ढुंगा, ३ जना घाइते
    images

     काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डस्थित तुईन खोला पुल नजिकै गुडिरहेको कारमाथि ढुंगा खस्दा तीन जना घाइते भएका छन् ।

    उक्त सडकखण्डमा गुडिरहेको भारतीय कारमा एक्कासी ढुंगा खसेर लागेको थियो । उक्त कारमा पाँच जना सवार थिए । त्यसमध्ये कारको पछाडि बसेका तीन जना गम्भीर घाइते भएका हुन् । उनीहरूलाई अहिले अस्पताल पठाइएको छ ।

    उक्त सडकखण्डमा बिहानदेखि वर्षा भइरहेको थियो । अहिले भने वर्षा रोकिएको स्थानीयले बताएका छन् । दुर्घटनालगत्तै प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ । चितवन प्रहरीका अनुसार, घटनाबारे थप बुझ्ने क्रम जारी छ ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १३:५८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij