२०८२ भाद्र १२ गते बिहिवार
काठमाडौं । बुद्धचित्त चोरी गर्न पुगेको समूहले बुद्धचित्त धनीमाथि खुकुरी प्रहार गरेको छ ।
खुकुरी प्रहार गरेको आरोपमा ललितपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सिन्धुलीका ३० वर्षीय प्रतिमान गोले, काभ्रेका २६ वर्षीय बुद्ध तामाङ र सिन्धुपाल्चोकका २६ वर्षीय जीवन तामाङ रहेको ललितपुर प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताएका छन् ।
उक्त समूह गोदावरी नगरपालिका–७ का कृष्णबहादुर मार्फाले लगाएको बुद्धचित्त चोर्न गएको प्रहरीले बताएको छ भने राति २ बजेतिर कुकुर भुकेपछि धनी कृष्णबहादुर घर बाहिर निस्केका थिए सोहीक्रममा त्यो समूहले मार्फामाथि खुकुरी प्रहार गरेको एसपी जोशीले बताएका छन् ।
खुकुरी प्रहारबाट दाँया हातमा चोट लागेको र पाँचवटा टाँका लगाइएको प्रहरीले बताएको छ । बुद्धचित्तको सुरक्षाका लागि मार्फाले सीसीक्यामेरा समेत जडान गरेका थिए ।
सीसीक्यामेराको तार समेत काटेर उनीहरुले बुद्धचित्तको दाना टिपेको प्रहरीले बताएको छ । उनीहरुबाट ९९ वटा बुद्धचित्तको दाना बरामद भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij