Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्नुपर्ने प्रस्ताव

मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्नुपर्ने प्रस्ताव


  • 1.6K
    Shares

    मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी  राख्नुपर्ने प्रस्ताव

    काठमाडौं । राष्ट्रियसभा पूर्व सदस्य तथा संघीयताविज्ञ डा. खिमलाल देवकोटाले मन्त्रीहरू र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्नुपर्ने बताएका छन्। भ्रष्टाचार नियन्त्रणको लागि उनले आफूले धेरै पहिलेदेखि यो विषय उठाएको स्मरण गराए।

    शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘मन्त्रीहरु र सचिवहरुको कार्यकक्षमा सिसिटिभी राख्नुपर्छ। भ्रष्टाचारको जड र अखडा मन्त्री र सचिवहरुमा छ। त्यसकारण नागरिकले देख्नेगरि सिसी क्यामेरा राख्नुपर्छ। भित्र दलाल र माफियासँग डिल गर्ने काम भएको छ।’ देवकोटाले आफूले संयुक्त सदनमा यो विषय उठाइसकेको सुनाए। 

    उनले अहिले कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे। उनले भने,‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरु सरकारमा छन्। कठा प्रश्न कसले गर्ने ? त्यो समस्या भएको छ। सुशासनमा सम्झौता गर्ने स्थिति छ।’

    उनले संघीयता कार्यान्वयनको सवालमा केही कमिकमजोरी भए सुधार गर्न सकिने बताए। उनले मन्त्रालयको संख्या घटाउनुपर्ने सुझाव दिए। उनले भने,‘मन्त्रालयको सख्या जो राखिएको छ, संस्था धेरै भएका छन्। यो आधाभन्दा बढि घटाउनुपर्छ। हामीले सिंहदबारमा १५ वटा मन्त्रालय हुनुपर्छ भनेर सिफारिश गरेका थियौं। प्रदेशमा पनि मन्त्रालयको संख्या धेरै भएको छ। गुनासो छ। प्रदेश मन्त्रालयको संख्या घटाउनुपर्छ।’ उनले अहिलेको सरकारले संविधान संशोधन गर्ने कुरामा शंका लागेको बताए । उनले भने,‘संविधान संशोधनप्रति नेताहरु प्रतिबद्ध हुनुहुन्छ जस्तो लागेको छैन् ।’
    उनले संविधानमा समानुपातिक समावेशी प्रतिनिधित्व विश्वमै उत्कृष्ट रहेको दाबी गरे। 

    images
    प्रकाशित मिति :श्रावण ३ २०८२ शनिवार - १८:४२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij