Logo

२०८२ भाद्र १३ गते शुक्रवार

२०८२ भाद्र १३ गते शुक्रवार

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते


  • 876
    Shares

    मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते
    images

    काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका-३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । 

    बिहीबार राति हुप्सेकोट-३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । 

    बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ जाँदै गरेको ग७प २७२१ नम्बरको मोटरसाइकलले शोभा र इन्दिरा कोइरालालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का प्रहरी उपरीक्षक यादव ढकालले बताए । 

    दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा शोभा सिग्देलको मृत्यु भएको हो भने इन्दिरा कोइरालाको अवस्थामा उपचार भइरहेको छ । 

    मोटरसाइकल चालक हुप्सेकोट गाउँपालिका–२ कोलिया बस्ने ३५ वर्षीय निशान सिंह ठकुरी र मोटरसाइकल पछाडि बस्ने हुप्सेकोट–२ कोलियाकै ३२ वर्षीय सोमबहादुर सोमैको पनि स्थानीय अस्पतालमा उपचार जारी छ । 

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - १२:२६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij