Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संसद् बैठक

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


  • 1.1K
    Shares

    • images
    आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं । आज सङ्घीय संसद् अन्तर्गतका विभिन्न पाँच संसदीय समितिका बैठक बस्ने भएका छन् । 

    अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्ने भएको छ । 

    बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको ४८औँ बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल हुनेछ । 

    बिहान ८ बजे नै सुरु भएको महिला तथा सामाजिक मामिला समितिको बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल भइरहेको छ । 

    बिहान ८ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने काठमाडौँ चक्रपथ, कलङ्की–महाराजगन्ज खण्डको डिपिआरका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । 

    मध्यान्ह १२ः१५ राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ मा विज्ञसँग छलफल हुनेछ भने ११ः३० बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति सुरक्षा र अपराध नियन्त्रणको अवस्था, सुरक्षाकर्मीको मनोबल बढाउन पछिल्लो समयमा भएका प्रयासहरुबारे छलफल हुने कार्यसूची रहेको छ । 

    प्रकाशित मिति :श्रावण २ २०८२ शुक्रवार - ०९:२०:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij