Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

साउन १ गतेबाट थपियाे धरहरा खुल्ने समयावधि

साउन १ गतेबाट थपियाे धरहरा खुल्ने समयावधि


  • 1.2K
    Shares

    साउन १ गतेबाट थपियाे धरहरा खुल्ने समयावधि
    images

    काठमाडौं ।  साउन १ गतेबाट धरहरा खुल्ने समयावधि थप हुने भएको छ । धरहरा अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको हो ।

    सार्वजनिक बिदाको दिन पनि अब धरहरा चढ्न पाइने मन्त्रालयका प्रवक्ता नारायण मैनालीले बताएका छन् । 

    धरहरा अहिले दैनिक बिहान १० देखि बेलुका चार बजेसम्म खुला गरिएको छ । सरकारले दिने सार्वजनिक बिदाको दिन यो बन्द हुन्छ भने शनिबार दिइने साप्ताहिक बिदाको सट्टा बुधबार धरहरा बन्द हुने गर्छ । । मन्त्रालयका प्रवक्ता मैनालीले भने,  ‘अब बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म दुई सिफ्टमा धरहरा सञ्चालन गर्दैछौं । धरहरा घुम्न चाहनेहरूका लागि सार्वजनिक बिदाको दिन पनि अब खुला रहनेछ,’।

    २०७२ वैशाख १२ गतेको भूकम्पले ढलेको धरहरा पुननिर्माणपछि यही असोज ३ गतेबाट परीक्षणका रूपमा खुला गरिएको थियो । 

     

    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - १४:१७:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij