Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपडेट

स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन


  • 1.1K
    Shares

    • images
    स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका छन् ।

    मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।

    ‘प्रधानमन्त्री ज्यूको प्रतिनिधि मण्डल बाहेक स्पेन को-को गए रु कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु’ मन्त्री लेखकले भने,‘जानका लागि भिजिट भिसाको प्रबन्ध कसले ग¥यो रु लगायतका विषयमा अनुसन्धान हुनेछ ।’

    उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र मानव बेचबिखन अनुसन्धान ब्यूरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ,’ उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

    प्रकाशित मिति :आषाढ ३० २०८२ सोमवार - ११:४७:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij