Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

आज च्याउ, गोलभेँडा र फर्सीको मूल्य घट्यो, कालीमाटीमा कुन तरकारीको भाउ कति ?

आज च्याउ, गोलभेँडा र फर्सीको मूल्य घट्यो, कालीमाटीमा कुन तरकारीको भाउ कति ?


  • 1.0K
    Shares

    आज च्याउ, गोलभेँडा र फर्सीको मूल्य घट्यो, कालीमाटीमा कुन तरकारीको भाउ कति ?
    images

    काठमाडौं । कालीमाटी तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ।

    कालीमाटीमा आज च्याउ, गोलभेँडा, फर्सीसहित कतिपय तरकारीको मूल्य  घटेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।   

    कालीमाटीमा आज ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २७, टनेलको गोलभेँडा ५२, रातो आलु ४५, सुकेको भारतीय प्याज ४४, लोकल गाँजर ८५, बन्दा २५, स्थानीय काउली ६५, हाइब्रिड सेतो मुला २१, लाम्चो भन्टा २८, डल्ले भन्टा ४६, तने बोडी २०, मकै बोडी ४२ रुपैयाँ प्रतिकिलो छ। 

    त्यसैगरि करेला २९, तराईको परबल ३५, घिरौँला ४०, झिँगुनी ५०, हरियो फर्सी डल्लो २६, पाकेको फर्सी ४६, भिन्डी ४४, कन्य च्याउ १३५, डल्ले च्याउ ३१६, ब्रोकाउली ७५, न्युरो ९० रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

    कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ३१, टनेलको गोलभेँडा ४९, रातो आलु ४५, सुकेको भारतीय प्याज ४४, लोकल गाँजर ९०, बन्दा २५, स्थानीय काउली ६५, हाइब्रिड सेतो मुला १७, लाम्चो भन्टा ३५, डल्ले भन्टा ४५, तने बोडी १८, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो थियो।

    त्यसैगरि करेला २८, तराईको परबल ३५, घिरौँला ४१, झिँगुनी ५५, हरियो फर्सी डल्लो ३६, पाकेको फर्सी ४०, भिन्डी ४५, कन्य च्याउ १३५, डल्ले च्याउ ३२५, ब्रोकाउली ६५, न्युरो ९० रुपैयाँ प्रतिकिलो थियो। 

    हेर्नुहोस् तरकारी तथा फलफूलहरुको आजको मूल्यसूची

    प्रकाशित मिति :आषाढ २८ २०८२ शनिवार - ०८:०५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij