Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौं महानगरको बजेटको सीमा करीब २५ अर्ब ११ करोड निर्धारण

काठमाडौं महानगरको बजेटको सीमा करीब २५ अर्ब ११ करोड निर्धारण


  • 1.2K
    Shares

    • images
    काठमाडौं महानगरको बजेटको सीमा करीब २५ अर्ब ११ करोड निर्धारण

    काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा काठमाडौं प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेटको सीमा निर्धारण गरेको छ । 

    बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको हो । 

    चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय समेत समितिले गरेको छ ।

    केही बेरमा बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने भएको छ । 

    नगर सभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन् । 

    आजको बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँई पनि उपस्थित रहेको  थियो ।

    प्रकाशित मिति :आषाढ २७ २०८२ शुक्रवार - १३:०२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij